झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ ।
मन्त्री घिसिङले हुलाकी राजमार्ग पर्ने झापाको कन्काई पुलको निरिक्षण गर्नुभएको हो । कन्काई नदीमा आएको बाढीले सानो कन्काई पुल भाँचिएको छ । त्यस पुलकोसमेत मन्त्री घिसिङले अवलोकन गर्नु भएको छ ।भाँचिएको पुल मर्मत सम्भार गर्नु पर्ने हो वा पुनर्निर्माण गर्नु पर्ने प्राविधिक जाँच गरी काम गर्ने उहाँले बताउनु भयो ।
बाढी प्रभावितलाई स्थानीय तह र जिल्ला प्रशासनबाट राहत वितरण भएको जनाउँदै सरकारले समेत सहयोग गर्ने उहाँले बताउनु भएको छ । हुलाकी राजमार्गको कन्काई नदीको पुल चार वर्षमा निर्माण सम्पन्न गर्नु पर्ने हो तर १३ वर्षमा ३५ प्रतिशतमात्र काम भएको छ । निर्माण कम्पनी र ठेक्केदारलाई कारवाही गरिने उहाँले उल्लेख गर्नु भयो ।
मन्त्री घिसिङ संकटग्रस्त जिल्ला इलाम अवलोकनका लागि शनिबार जानु भएको थियो । मन्त्री घिसिङ आजै राजधानी फर्कनु भएको छ ।