६ देशका महिला आरोही रामदुङ हिमाल चड्ने तयारीमा

आश्विन २०, २०८२ |केदार शिवाकोटी
६ देशका महिला आरोही रामदुङ हिमाल चड्ने तयारीमा

दोलखा । हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रर्वद्धन गर्ने लक्ष्यसहित दोलखाको रोल्वालिङ क्षेत्रको रामदुङ हिमालमा ६ देशका महिला आरोही हिमाल आरोहण गर्न तालिम र तयारी गरिरहेका छन ।

महिला पर्वतारोहणको सहकार्य नाम दिइएको उक्त टोलीले अन्तराष्ट्रिय रूपमा हिमाल आरोहणमा महिलाको सहभागितालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित ५ हजार ९ सय ३० मिटर अग्लो रामदुङ आरोहण गर्ने लक्ष्य लिएका छन । रामदुङ हिमाल आरोहण २०२५ अभियानमा नेपाल, अमेरिका, अफगानिस्तान, भारत, पाकिस्तान र ताजिकिस्तानका ८ जना महिलाको सहभागिता रहेको छ ।

जसकाे नेतृत्व अमेरिकाकी पथ प्रदर्शक महिला डानिका गिल्बर्टले गर्नुहुनेछ । त्यसपछि सगुनबाजा बजाउँदै बजार परिक्रमा गरी दिनभर नाचेर विजयउत्सव मनाउने प्रचलन छ । जात्रा सकिएपछि बेलुकीपख त्रिपुरा सुन्दरी र राजकुलेश्वरका पुजारीले राजकुलेश्वर मन्दिर अगाडी बसेर खुसीयालीमा टिका लगाइदिनुका साथै सामुहिक भोज खाने चलनले अहिलेसम्म निरन्तरता पाएको छ ।

उनीहरूलाई पथ प्रदर्शका रूपमा अन्तराष्ट्रिय पथ प्रदर्शक पासाङ किदर शेर्पा र मिङमा छिरि शेर्पाले गर्नेछन् । अन्तराष्ट्रिय रूपमा पर्वतारोहणमा महिला सहभागिता बढाउन र हिमाल आरोहणमा महिलालाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको अन्तराष्ट्रिय पथ प्रदर्शक पासाङ किदर शेर्पाले बताउनुभयो ।

रामदुङ हिमाल आरोहण गर्न तालिमका लागि टोली उक्त क्षेत्र पुगे पनि मौसम बदलीका कारण समस्या भएको उहाँले हाल उक्त क्षेत्रमा २ देखि ३ फिटसम्म हिमपात भएकाले तालिम भने नियमित भैरहेको शेर्पाले जानकारी दिनुभयो । 

रामदुङ आरोहण सफल हुन नसके नजिकैको अर्को ५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि हिमाल चढेर अभियान सफल बनाउने शेर्पाले बताउनुभयो ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।