सल्यान । दशैं-तिहार मेला पर्व भन्ने भन्नेबित्तिकै सबैलाई पिङको सम्झना आउँछ ।
तर पछिल्लो समय गाउँदेखि सहरसम्म पिङमा रमाउने मौलिक परम्परा हराउन थालेको छ। युवापुस्ता पिङमाभन्दा पनि सामाजिक सञ्जालमा रमाउने र पिङ हाल्ने युवाको कमी हुँदा पिङ नै लोप हुन डर छ । सल्यानमा चाडपर्वका बेला अझै पनि रोटे पिङ र लिङ्गे पिङ देख्न त पाइन्छ, तर थोरै मात्र ।
सल्यानमा साउने संक्रान्ति, भदौरे सक्रान्ति, तिज, दशैं-तिहार र मेलाहरूमा कुनै बेला जताततै यस्ता पिङ हाल्ने प्रचलन थियो । तर पछिल्लो समय लिङ्गे पिङ बिरलै मात्रामा देन्छिन भने काठे पिङ मेला पर्वमा मात्र देख्न सकिन्छ । जसले गर्दा परम्परा हराउने चिन्ता बढेको छ ।
चाडपर्व लाग्नासाथ गाउँघरमा युवाहरू जम्मा हुने बाबियो काटेर ल्याउने लठ्ठे पिङ राख्ने र बालबालिकादेखि वृद्ध-वृद्धासम्म भुइा छोड्नुपर्छ भन्ने मान्यताले पनि गाउँघरमा अनिवार्य पिङ हाल्ने चलन थियो । जसले गर्दा सामुहिक एकताको भावना झल्काउथ्यो ।
पिङमा मच्चिएर खेल्ने पुरानो परम्परा अहिले ग्रामीण क्षेत्रमा समेत लोप भएको छ । त्यति मात्र होइन अहिले त चाडपर्वमा गाउँघर समेत शुन्य देखिन्छन । प्रविधिको विकास भएसँगै मनोरञ्जनका अन्य साधनहरू प्रशस्तै आएकाले पनि यस्ता पिङतर्फ आकर्षण घटेको बुढापाखाको बुझाइ छ ।
अर्को तर्फ रोजगारका लागि युवाहरू विदेशिएकाले पिङ बनाउने जनशक्ति नै गाउँमा नभएकोले पिङ हराउँदै गएको पाइन्छ । हराउँदै गएका यस्ता मौलिक परम्परालाई बचाइराख्न सबैले चासो दिनु जरूरी छ ।