काठमाडौं । सरकारले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सीमाना हेरफेर गर्ने निर्णय गरेको छ ।
भदौ १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भयो । उहाँकाअनुसार सरकारले विर्ता उन्मूलन (नवौँ संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ ।
सरकारले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२–२०८७) स्वीकृत गर्ने निर्णय गरेको छ । साथै सरकारले राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ ।
यस्ता छन् सरकारका निर्णयहरु :
२०८२ असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने २५ औं फिगो वल्र्ड कंग्रेस अफ स्त्री रोग विज्ञान एण्ड अब्सटेस्ट्रिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्राडा राम पदारथ विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
आगामी २०८२ असोज ८ देखि ९ गतेसम्म जापानको टोकियोमा आयोजना हुने द फोर्टिन्थ हाइलेभल ट्याक्स कन्फ्रेन्स फर एसियन एण्ड प्यासिफिक कन्ट्रिज विषयक कन्फ्रेन्समा सहभागिताका लागि अर्थ मन्त्रालयका सचिव (राजश्व) दिनेशकुमार घिमिरेलाई स्वीकृति प्रदान गर्ने ।
२०८२ साल भदौ २२ देखि २८ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने आइसिआइडिएस मेगा इभेन्ट, चौथो वल्र्ड इरिगेशन फोरम तथा ७६औं इन्टरनेशनल इग्ज्युकिटिभ काउन्सिलको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (जलस्रोत तथा सिंचाइ) सरिता दवाडीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका माननीय न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य पदमा उच्च अदालत पाटन, हेटौंडा इजलासका माननीय न्यायाधीश नारायणप्रसाद पौडेलः उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका माननीय न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका माननीय न्यायाधीश उमेश कोइरालालाई तोक्ने ।
राजश्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका माननीय न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीलाई तोक्ने। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि आव २०८२/८३ का लागि आव २०८२/०८३ का लागि अधिकृत स्तरका ५८ अस्थायी दरबन्दी स्वीकृति गर्ने ।
श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेल, झापालाई नियुक्त गर्ने । २०८२ भदौ २३ देखि २५ गतेसम्म भारतमा आयोजना हुन डायलग नेक्स्ट कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
नेपालमा सञ्चालन हुने गैर नाफामुलक संघ संस्थाहरूको एकिकृत विवरण राखे प्रयोजनका लागि गृह मन्त्रालयले तयार गर्ने एनपिओ पब्लिक पोर्टल सफ्टवेयर सञ्चालनका लागि आवश्यक रहेको विवरण प्राप्त गर्न उक्त पोर्टललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग एप्लिकेशन प्रोग्रामिङ इन्टरफ्रेसमार्फत आवद्धता प्रदान गर्न स्वीकृति प्रदान गर्ने ।
चीनको तियन्जिन शहरमा हुने साङ्गाई सहयोग संगठन सांघाई कर्पोरेशन अर्गनाइजेशनको २५औं शिखर सम्मेलन तथा चीनको बेइजिङ शहरमा हुने ८०औं कममेमोरिसन अफ द भिक्टोरी अफ द चाइनिज पिपुल वार अफ रेसिस्टेन्स एगिनिस्ट जापनिज एग्रिसियन एण्ड द वल्र्ड एन्टी फासिस्ट वार विषयक कार्यक्रममा सहभागी हुन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०८२ भदौ १४ देखि १८ गतेसम्म चीनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त भ्रमण स्वीकृत गर्ने।
वुमेन पोलिटिक्स लिडरले नेपाललाई प्रदान गर्ने डब्ल्युपिएल कन्ट्री अवार्ड, २०२५ प्राप्त गर्ने र मोन्टिनिग्रोमा आयोजना हुने उक्त अवार्ड वितरण कार्यक्रममा २०८२ असोज १२ देखि १४ गतेसम्म सहभागी हुन माननीय परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२/८३ का लागि ८७ अधिकृतस्तरका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
विर्ता उन्मूलन (नवौँ संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने । आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति र राष्ट्रिय एन्टीडोपिङ ऐजेन्सीमा जम्मा २१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने।
मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको गोन्जाउ र सांघाईमा मिति २०८२ भदौ २७ देखि मिति २०८२ असोज ४ गतेसम्म सैनिक एकाइहरूको भ्रमण तथा सञ्चालन हने १२ औं बेइजिङ छियाङ्गशान फोरममा सहभागी हुन प्रधान सेनापति महारथी अशोकराज सिग्देललाई स्वीकृति प्रदान गर्ने ।
ललितपुरमा रहेको नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा र छाप्रो निर्माणको लागि १२३५.७४ क्यूफिट काठ नवदुर्गा भवानीदेवी गुठीलाई उपलब्ध गराउने प्रयोजनार्थ उक्त काठको राजश्व रोयल्टी रकम रू १०.१९.४६९ मिनाहा गर्ने।
२०८२ कात्तिक ११ देखि १३ गतेसम्म लण्डनमा आयोजना हुने ग्लोवल हाइयर एजुकेसन सम्बन्धी रेसिलेन्स भ्याल्युज, इनोभेसनः सर्भिभिङ्ग एण्ड थ्रिभिङ्ग इन अ भोलेटाइल वल्र्ड विषयक सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) चूडामणि पौडेललाई भाग लिन स्वीकृति दिने।
पुरातत्व विभागमार्फत सञ्चालित भूकम्प पछिको पुनःनिर्माण कार्यक्रमको आव २०८२/८३ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दीहरू स्वीकृत गर्ने।राष्ट्रिय समाचार समिति, नेपाल र सिन्ह्वा न्युज एजेन्सी, चीनबीच हुने एग्रिमेण्ट अन न्युज एक्सचेन्ज एण्ड कर्पोरेशन बिटुइन सिन्ह्वा न्युज एजेन्सी अफ द पिपुल्स पब्लिक अफ चाइना एण्ड राष्ट्रिय समाचार समिति अफ नेपाल समझदारीपत्र स्वीकृत गर्ने।
कसक्याप (कोप्रेटिभ डेभलपमेण्ट अफ अप्रेसनल सेफ्टी एण्ड कन्टिन्यु एयरवर्थनेस प्रोग्राम) साउथ एशिया प्रोजेक्टको छैठौं चरणको कार्यक्रम स्वीकृत गर्ने ।नेपाल सरकार र साउदी अरेविया सरकारबिच एग्रिमेण्ट अन जेनेरल वर्कर्स रेजुरमेण्ट बिटुइन द गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द किङडम अफ साउदी अरेबिया विषयक श्रम सम्झौता गर्ने।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सीमाना हेरफेर र छाँयानाथ राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने । तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२-२०८७) स्वीकृत गर्ने।
राष्ट्रिय खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।