गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छ : अध्यक्ष लिङ्देन

भाद्र १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छ : अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गैरआवासीय नेपालीहरूको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने माग गर्नुभएको छ ।

पार्टीको जिल्ला कार्यसमितिद्वारा आइतबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई नेपालको समृद्धिमा जोड्नका लागि उनीहरूको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल बाहिर पनि नेपाल छ, प्रवासका रहेका नेपाली भूगोलभन्दा बाहिर छन् । उहाँहरूलाई पनि नेपालको चिन्ता छ ।”

विसं २०६३/६३ को राजनीतिक परिवर्तनपछि आएको नागरिकता ऐनको संशोधनमा दोहोरो नागरिकता राख्न नपाउने प्रावधानले विदेशमा कमाउन, अध्ययन गर्न र रोजगारीको खोजीमा पुगेका वंशजका नेपाली नागरिकलाई ठूलो असर पुर्‍याएको उहाँको भनाइ छ ।

“अवसरको खोजी र उच्च शिक्षाका लागि विभिन्न देश पुगेका नेपालीले सम्बन्धित देशकै नागरिकता लिएका हुन्”, उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा काम गर्ने हो भने उताको देशले नागरिकता लिनुपर्छ भनेको हो ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.