सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्ग पहिरोका कारण अवरुद्द

भाद्र १२, २०८२ |कमला पाख्रिन
सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्ग पहिरोका कारण अवरुद्द

सिन्धुपाल्चोक/ सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्ग इकोमा सोमबारदेखि निरन्तर वर्षासँगै आएको ठूलो पहिरो खस्दा सडक पुनः अवरुद्द भएको छ ।

सडक अवरुद्द भएपछि नेपाल–चीन व्यापारिक आवतजावत पूर्ण रूपमा रोकिएको छ । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्दराज बस्नेतका अनुसार लगातारको वर्षा, हिलो र पहिरोको उच्च जोखिमका कारण चरिकोट सडक डिभिजन कार्यालयले तत्काल सडक खोल्ने कार्य रोकेको छ ।

दशैं–तिहार पर्वका लागि आवश्यक सामान ल्याएका कन्टेनरहरू लिपिङ र सिमापारी रोकिएका छन् । व्यापारीहरूलाई थप समस्या पारेको छ । निरन्तर पहिरो खस्दा पहिरो माथिको लालविर चोक र कोदारी गुम्बा बस्तीका करिब ७५ घर उच्च जोखिममा परेका छन् ।

सडक अवरुद्द हुँदा स्थानीय बासिन्दा र व्यापारीहरूले दैनिक आवतजावतमा ठूलो कठिनाइ भोग्नुपरेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।