काठमाडौं । इजरायल पुगेर फर्किएको विपिन जोशीको परिवारले विपिनको रिहाइको लागि नेपाल सरकारले खाडी मुलुकका सरकार प्रमुखसँग भेटेरै छलफल गर्नुपर्ने बताएका छन्।
इजरायलको १० दिने भ्रमण सकेर फर्किएको परिवारले नेपालले पठाएको सन्देश हमाससम्म पुगेकोमा शंकासमेत व्यक्त गरेका छन् । हमासले बन्धक बनाएर राखेका विपिन जोशीकी आमा पद्मा जोशीले नेपाल सरकारले खाडी मुलुकहरु कतार, जोडन, इजिप्ट लगायतका सरकार प्रमुखसँग भेटेरै छलफल गर्नुपर्ने बताउनुभयो ।
ति मुलुकका सरकार प्रमुखसँग गम्भिरतापूर्वक छलफल गरे विपिन छुट्ने उहाँको विश्वास छ । नेपालले फोन र पत्रमार्फत् पठाएका सन्देश हमाससम्म पुग्दै नपुगेको हुनसक्ने उहाँको भनाइ छ ।
इजरायलमा रहँदा इजरायल सरकारका राष्ट्रपतिदेखि अधिकांश उच्च अधिकारीसँग भेट भएको र भेटमा विपिनको रिहाइको विषय गम्भिर रुपमा कुरा उठाइएको विपिनकी बहिनी पुष्पाले बताउनु भयो । विपिनको रिहाइका लागि थप पहल हुनुपर्नेमा पुष्पाले जोड दिनुभयो ।
पद्मा र पुष्पा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर इजरायल भ्रमण र भएका भेटवार्ताको बारेमा छलफल गर्ने तयारीमा छन् ।