एसिया कप : जित्नै पर्ने दबाबमा पाकिस्तान र यूएई

आश्विन १, २०८२ |खेल ब्युरो
एसिया कप : जित्नै पर्ने दबाबमा पाकिस्तान र यूएई

काठमाडौं । एसीसी एसिया कप २०२५ को समूह 'ए' को खेलमा बुधबार पाकिस्तान र यूएई प्रतिस्पर्धा गर्दै छन् । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार सवा ८ बजे सुरू हुनेछ । यो खेल हार्ने टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिने भएकाले दुबै टोली जित्नै पर्ने दबाबमा छन् । 

अघोषित नटआउट यो खेल जित्ने टोलीले सुपर फोरमा स्थान सुरक्षित गर्ने छ । यस समूहबाट भारतले एक खेल अगावै दोस्रो चरणमा स्थान बनाइ सकेको छ भने ओमान समूह चरणबाटै बाहिरिसकेको छ ।

आफ्नो पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले भारतविरूद्ध भने कमजोर प्रदर्शन गर्दै ७ विकेटको हार बेहोरेको थियो । उता भारतसँग ९ विकेटको हारसहित प्रतियोगिताको सुरूवात गरेको घरेलु टोलीले आफ्नो दोस्रो खेलमा ओमानलाई ४२ रनले पराजित गर्दै पुनरागमन गरेको थियो ।

भारतसंगको हार पछि पाकिस्तानले विपक्षी खेलाडीले हात नमिलाएको र खेल भावना विपरित आईसीसीको आचार संहिता पालना नगरेको आरोप लगाएको थियो । सोही कारण पाकिस्तानले यो प्रतियोगिता बहिस्कार गर्ने बताएको थियो । 

पाकिस्तानले यस बारे बुधबार साझसम्म निर्णय गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । समूह 'ए'मा अपराजित भारतले २ खेलमा ४ अंक जोडेको छ । उ समूहको शीर्ष स्थानमा छ । 

सामान खेललमा २-२ अंक जोडेका पाकिस्तान र यूएई क्रमस दोस्रो र तेस्रो स्थानमा छन् । अंकबिहिन ओमान समूहको पुछारमा रहेको छ ।