रूपन्देही । लगातारको वर्षाले रूपन्देहीको तिनाउ नदीमा बाढी आएपछि नदी किनार र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
लगातारको वर्षाले नदीमा बाढी आएको र कटान बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान एक सूचना जारी गरी सतर्क रहन आसपासका बासिन्दालाई आग्रह गरेको छ ।
तिनाउ नदीमा बाढी बढिरहेको भन्दै विभागले मोबाइलमा एसएमएस पठाएर पनि नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई शतर्क रहन आग्रह गरेको हो ।
पाल्पा, रूपन्देहीलगायत आसपासका क्षेत्रमा केही दिन यता वर्षा भइरहेको छ । गए रातिदेखि निरन्तर वर्षा जारी छ ।