बागमती । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बुधबार पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्थाअनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।