मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर

श्रावण १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर

काठमाडौं । जबर्जस्ती करणी आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । पीडित महिलाले दिएको जाहेरीपछि झालाई प्रहरीले गत साउन ४ गते पक्राउ गरेको थियो । 

झाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो ।

प्रहरी अनुसन्धान अनुसार, २०८१ साल जेठ ४ गते नयाँ बानेश्वरस्थित डेरामा एक्लै बसिरहेकी महिलामाथि झाले जबर्जस्ती प्रवेश गरी करणी गरेको विवरण उजुरीमा उल्लेख छ । झाविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २१९ अनुसार अनुसन्धान गरिएको थियो । 

उपदफा २ को खण्ड (ङ) अनुसार १८ वर्ष वा सोभन्दा माथिका महिलामाथि जबरजस्ती करणी गरेमा ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार मागदाबी गर्दै मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.