स्पेनको सम्मेलनमा गएर नफर्कनेमाथि प्रहरीले अनुसन्धान गर्ने

असार ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्पेनको सम्मेलनमा गएर नफर्कनेमाथि प्रहरीले अनुसन्धान गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनमा आयोजित राष्ट्रसंघीय विकासका लागि वित्त सम्मेलनमा गएर नफर्किएकाहरु माथि प्रहरीले अनुसन्धान गर्ने भएको छ ।

गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, सीआइबी प्रमुख चन्द्रकुवेर खापुङसहित बसेको बैठकले स्पेनमा मान्छे लैजानेमाथि अनुसन्धान गर्ने निर्णय भएको हो । स्पेनको कार्यक्रममा सरकारी टोलीबाहेक को-को सहभागी भए र त्यसैका नाममा पैसा उठाइयो कि उठाइएन भन्ने विषयमा अनुसन्धान हुने भएको हो । 

कार्यक्रममा जाने भन्दै एनजिओको नाममा नक्कली कागजात बनाउनेहरु माथि पनि सीआइबीले अनुसन्धान गर्ने भएको छ । कार्यक्रममा असम्बन्धित व्यक्तिलाई नक्कली कागजात बनाएर पठाइएको भन्ने सूचना आएपछि सिआइबीले त्यसमा अनुसन्धान केन्द्रित गर्ने भएको हो । प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री जानुभन्दा अगाडि र पछाडी गरेर पाँच दिनको अध्यागमन विवरण निकालिने छ । प्राप्त सूचना अनुसार सम्मेलनका लागि भन्दै ४९ जना र भिजिट भिसा लिएर ३० जना स्पेन पुगेका छन् । केहीलाई भिसा रद् गरेर विमानस्थलबाटै बोर्डिङ पास नदिइ फिर्ता गरिएको आशंकासमेत गरिएको छ ।

सिआइबीले प्रधानमन्त्री जाने कार्यक्रमका लागि कतिले भिसा आवेदन दिएका थिए भन्ने अनुसन्धानका लागि बुझाइएका कागजात र दूतावासले जारी गरेको भिसा सूचीसमेत माग गर्ने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.