पौडी खेल्न गएका दुई युवकको मृत्यु

असार ३०, २०८२ |अमर क्षितिज भण्डारी
पौडी खेल्न गएका दुई युवकको मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ । बबई गाँउपालिका- ५ पुरन्धारा छहरा नजिक बबई नदीमा नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका- ५ का १८ वार्षीय कुशल बुढामगर र तुलसीपुर उपमहानगरपालिका- ७ का १८ वर्षका विधान केसी रहेको प्रहरीले जनाएको छ । ६ जनाको समूहमा साथीहरूसँग घुम्न गएका मध्ये ३ जना पौडी खेल्न खोलामा पसेको र एक जना पौडिएर बाहिर निस्किए पनि दुई जना डुबेर बेपत्ता भएका थिए ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।