सघन शहरी तथा भवन निर्माण आयोजनामा धनुकटाको सक्रियता, वर्षौं अलपत्र स्वास्थ्य भवन निर्माण सम्पन्न

असार २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सघन शहरी तथा भवन निर्माण आयोजनामा धनुकटाको सक्रियता, वर्षौं अलपत्र स्वास्थ्य भवन निर्माण सम्पन्न

धनकुटा । सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले वर्षौँ अघि ठेक्का लागेर पनि निर्माण सम्पन्न नभएका स्वास्थ्य संस्थाका रूग्ण भवन आयोजना सम्पन्न गरि हस्तान्तरण गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले २०७५ सालमै निर्माण सम्झौता भइ रूग्ण आयोजनाका रूपमा रहेको ५० शैय्या क्षमताको संखुवासभा जिल्ला अस्पताल र रक्त सञ्चार सेवा खाँदवारी भवन निर्माण पुरा गरी हस्तान्तरण गरेको छ। 

यस्तै धनकुटाको मारेककटहरे, मूर्तिढुंगा तथा तेह्रथुमको इसिवु र थोक्लुङ स्वास्थ्य केन्द्र हस्तान्तरण गरिएको हो । आयोजनाअन्तर्गत धनकुटासहित कोशी पहाडका तेह्रथुम, भोजपुर, संखुवासभा जिल्लामा दर्जन बढी आयोजना निर्माण पुरा हुन नसकि अलपत्र थिए । पटक-पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीले काम सम्पन्न गर्न नसक्दा स्वास्थ्य पूर्वाधार भवन अलपत्र थिए ।

निर्माण व्यवसायीलाई ताकेता र ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने प्रकृया अघि बढाइए पछि निर्माण व्यवसायीहरू सम्पर्कमा आएर काम सम्पन्न गरेको आयोजना प्रमुख सुमनकुमार मिश्रको भनाइ छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.