१५ करोड रूपैयाँ हिनामिना गरेर सञ्चालक फरार, डिंगरनगर सहकारीका बचतकर्ता आन्दोलित

असार २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
१५ करोड रूपैयाँ हिनामिना गरेर सञ्चालक फरार, डिंगरनगर सहकारीका बचतकर्ता आन्दोलित

रूपन्देही । रूपन्देहीको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक झण्डै १५ करोड रूपैयाँ हिनामिना गरेर फरार भएका छन् ।

सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुली रकम हिनामिना गरेर सम्पर्कविहीन भएपछि सेयर सदस्यहरू आन्दोलित भएका छन् । 

रकम फिर्ताको मागसहित बचतकर्ताले अध्यक्ष तिवारी, सचिव थापा र व्यवस्थापक पराजुलीको घरमा आलोपालो धर्ना थालेका हुन् । बचतकर्ताले सहकारी रजिष्टार कार्यालयमा उजुरी दर्ता गरी रकम माग्न थालेपछि असार १७ गते संस्थाका सचिव रामबहादुर थापाले माइन्युट च्यात्नुभएको थियो । त्यसयता अध्यक्ष, सचिव र व्यवस्थापक तीनै जना सम्पर्कविहीन भएको बचतकर्ताहरूको दाबी छ ।

बचतकर्ताले सहकारी अध्यक्ष, सचिव र व्यवस्थापक तीनै जनाको नाममा इलाका प्रहरी कार्यालय बुटवलमा ठगी मुद्दासमेत दर्ता गरेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । 

रकम हिनामिना भएको भन्दै यसअघि २५ प्रतिशत शेयर सदस्यहरूले लुम्बिनी प्रदेशको सहकारी रजिष्टार कार्यालयमा उजुरी गरेका थिए । उजुरीपछि असार २० गतदेखि कार्यालयले प्रहरीको रोहबरमा छानबिनसहित लेखापरीक्षण गरिरहेको छ। 

करिब २ हजार सदस्य रहेको तिलत्तमा नगरपालिकामा कार्यालय रहेको सहकारीले दूध संकलन र बिक्रीको कारोबार गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.