साफ महिला यु–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ६-१ ले हरायो

असार २७, २०८२ |खेल ब्युरो
साफ महिला यु–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ६-१ ले हरायो

काठमाडौं । साफ महिला अन्डर ट्वेन्टी च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई हराएको छ। बंगलादेशको राजधानी ढाकाको बसुन्धरा किंग्स एरिनामा नेपालले भुटानलाई ६-१ ले हराएको हो। नेपालका लागि पूर्णिमा राईले ह्याट्रिक गरिन्।

नेपालको लागि सेनु परियारले खेलको आठौं मिनेटमा ब्रेकथ्रु दिलाएकी थिइन्। खेलको १९ औं मिनेटमा नेपालले दोस्रो गोल गर्‍यो। वर्षा ओलीको उत्कृष्ट क्रसमा पूर्णिमा राईले नेपालको अग्रता दोब्बर बनाइन्। पहिलो हाफको अन्तिम मिनेटमा सेनुले व्यक्तिगत दोस्रो गोल गरेर नेपालको अग्रता तीन शून्यमा पुर्‍याइन्।

खेलको ५२ औं मिनेटमा नेपाल गोलबाट जोगिएको थियो। गंगा रोकायाको र्मामा रहेकी सांगेले पोस्टअघिबाट गरेको सानदार प्रहार गोलकिपर सुजता तामाङले उत्कृष्ट बचाउ गरिन्। तर नेपालले त्यसको अर्को मिनेटमै गोल ब्यहोर्‍यो । 

५३ औं मनेटमा भुटानी केल्देनले गोल फर्काइन्। खेलको ६३ औं मिनेटमा पूर्णिमाले बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन्। यससँगै नेपालले चार एकको अग्रता बनाएको थियो। खेलको ८४ औं मिनेटमा पूर्णिमाले नेपालका लागि हृयाट्रिक गरिन्। 

उनले बक्स बाहिरै गोलकिपर बिट गरेर गोल गरिन्। निर्धारित समयको तीन मिनेट बाँकी रहँदा उनले नेपालका लागि छैटौँ गोल गरेकी हुन्। शुक्रबार नै भएको उद्घाटन खेलमा आयोजक बंगलादेशले श्रीलंकालाई ९-१ को विशाल अन्तरले हराएको छ। पहिलो हाफमा तीन शून्यको अग्रता बनाएको घरेलु टिमले दोस्रो हाफमा ६ गोल थपेको थियो। श्रीलंकाले भने स्टपेज समयमा एक गोल फर्काएको हो। यो जितसँगै नेपाल र ब‌ंगलादेशले समान तीन तीन अंक जोडेका छन्।