भारतले धौलीगंगा बाँध खोलेपछि महाकाली नदीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

असार २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतले धौलीगंगा बाँध खोलेपछि महाकाली नदीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं । भारतले शुक्रबार बिहानैबाट महाकाली नदीमा मिसिने धौलीगंगा बाँधका ढोकाहरू खोलेको छ ।

धौलीगंगा पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सिल्ट सरसफाइका लागि आकस्मिकरूपमा बाँध खोल्नुपरेको भारतीय पक्षले जनाएको छ । बाँधका ढोका खोलेसँगै महाकालीको बहाव बढेको छ। 

यससँगै महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। दार्चुला र बैतडीका महाकाली नदी किनारमा बसोबास गर्ने नागरिकलाई तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ । 

शुक्रबार डेढ बजेतिर खोलिएको बाँध शनिबार दिउँसोसम्म खुला रहने धौली गंगा पावर स्टेशन एनएचपीसीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.