मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

मधेशका किसानलाई आवश्यक राहत प्याकेज घोषणा गर्न संघीय सरकारलाई आग्रह
असार २७, २०८२ |अमरकान्त ठाकुर
मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

धनुषा । देशका विभिन्न भागमा बर्षापछिको बाढी र पहिरोले जनजीवन प्रभावित भइरहँदा मधेस प्रदेश सरकारले भने मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।

मधेश प्रदेश सरकार मन्त्रिपरिषदको हिजो साँझ बसेको बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो । 

बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरुका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसंग आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरुलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गर्ने निर्णय गरेको हो ।

यसका साथै, पर्साको वीरगञ्जसहित विभिन्न स्थानमा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ। 


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।