झापामा असार १५ मा तामझाम हुँदा किसानलाई मलबीउकै अभाव, पानी नपरेपछि पाल्पामा १५ प्रतिशत मात्रै रोपाइँ

असार १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
झापामा असार १५ मा तामझाम हुँदा किसानलाई मलबीउकै अभाव, पानी नपरेपछि पाल्पामा १५ प्रतिशत मात्रै रोपाइँ

काठमाडौं । असार १५ दिनलाई सरकारले राष्ट्रिय धान दिवसका रूपमा मनाउने हुनाले देशभर धुमधामका साथ कार्यक्रम आयोजना हुन्छन् । तर जुन उल्लासका साथ किसान धान दिवसमा सरिक हुन्छन् त्यसपछि मल-बीउ अभाव झेल्नुपर्दा, अनि उत्पादनको उचित मूल्य नपाउँदा किसानको त्यो उल्लास त्यसै सेलाउँछ। 

यस्तो वास्तविकताका बीच झापामा आइतबार सरकारी निकाय, स्थानीय तह र राजनीतिक दलका भ्रातृ संगठनहरूको अगुवाइमा धान दिवसलाई सांस्कृतिक उत्सवका रूपमा मनाइएको छ ।

यस वर्ष पाल्पा, गुल्मीलगायतका पहाडी जिल्लामा मध्य असारसम्म पनि पर्याप्त वर्षा नभएका कारण राम्ररी रोपाइँ हुन सकेको छैन् । रासायनिक मल र सिँचाइ अभावले पनि किसानले रोपाइँ गर्ने बेलामा कठिनाइ भोग्दै आएका छन् । 

पाल्पामा आकासेपानी पर्याप्त नहुँदा हालसम्म १५ प्रतिशत पनि रोपाइँ हुनसकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.