भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न सांसद शाहीको माग

असार १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति नै बन्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग गर्नुभएको हो । उहाँले भिजिट भिसा प्रकरण आजको विषयमात्रै नभएकाले उल्लेख गर्दै जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने बताउनु भयो । 

उहाँले यस मुद्दालाई कुनै दल विशेषको एजेण्डा नबनाएर सबैले साझा एजेण्डाको रुपमा अगाडि लैजानुपर्ने बताउनु भयो । भिजिट भिसा प्रकरणको विषयमा भइरहेको आरोप प्रत्यारोपलाई आम नागरिकले गम्भिर रूपमा हेरिरहेको उल्लेख गर्दै सच्चिन जरूरी रहेको उहाँले बताउनु भयो ।

उहाँले सरकारले संसद्मा संख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत आरोप लगाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.