समयमा मुद्दा फैसला मुख्य प्राथमिकता होः प्रश्तावित न्यायाधीश पौडेल

असार १५, २०८२
समयमा मुद्दा फैसला मुख्य प्राथमिकता होः प्रश्तावित न्यायाधीश पौडेल

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्य आफ्नो अधिकतम प्रयास रहने बताउनुभएको छ ।

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रूपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने कुरामा जोड दिने बताउनु भयो । 

इजलासको बहसको समय व्यवस्थापन आफ्नो प्राथमिकतमा रहने उहाँले बताउनु भयो । बार र बेन्चलाई व्यवस्थित बनाएर जाने उहाँले बताउनु भयो । उहाँले अनलाइन मुद्दा दर्ता, न्यायालयमा सूचना प्रविधिको विकासमा पनि आफ्नो जोड रहेको बताउनु भयो । न्यायिक सुशासन कायम गर्न आफ्नो सक्रिय सहभागिता रहने  विषयमा समय उहाँले जानकारी दिनुभयाे ।

प्रस्तावित न्यायाधीश पौडेलले विशेष प्रकृतिका मुद्दा फछ्र्यौटमा आफ्नो मुख्य प्राथमिकता रहने बताउनु भयो । समयमा फैसला गर्ने कुरा आफ्नो अर्को प्राथमिकताको विषय रहने उहाँकाे भनाइ छ ।