काठमाडौं । आगामी ३ दिन देशभर भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बिहिबार राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । बाँकी भूभागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा भारी वर्षा र बाँकी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ ।
अहिले हरेक दिनजसो पानी परेकाले बाढीपहिरो र चट्याङको जोखिम बढेको मौसम विभागले जनाएको छ । त्यसैले यसबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।