धादिङ । बेरोजगारी बढ्दै जाँदा नागरिकमा निराशा बढ्दै गएको भन्दै धादिङको ज्वालामुखी गाउँपालिकाले रोजगारी श्रृजना गर्ने उद्देश्यले मिसन रोजगारी नीति लिएको छ ।
गाउँपालिकाको १५औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैंले आगामी आर्थिक वर्षका लागि पेस गर्नु भएको नीति तथा कार्यक्रममा रोजगारी तथा उद्यमशीलता प्रवर्द्धन गर्ने बताउनुभएको हो ।
उहाँले युवालाई रोजगारी श्रृजना गर्ने उद्धेश्यले मिसन रोजगारी र रोजगार रणनीति निर्माण गर्ने पनि बताउनुभयो । गाउँपालिकाले मिसन रोजगारी अन्तर्गत रोजगारी श्रृजनाको क्षेत्रको पहिचान, उद्यमशीलता प्रवर्द्धन, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप सदुपयोग तथा श्रम बजार अनुकुल सीप विकास कार्यक्रमहरूको निर्माण गर्ने उल्लेख गरेको छ ।