इरानबाट थप चार नेपालीको उद्धार

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
इरानबाट थप चार नेपालीको उद्धार
Photo Source : Agency

काठमाडौं । इरानबाट थप चार नेपालीको उद्धार भएको छ ।

भारत सरकारले सञ्चालन गरेको अपरेशन सिन्धुअन्तर्गत बुधबार २ सय ९६ भारतीयसहित थप ४ नेपालीको उद्धार गरिएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ ।

उद्धार गरिएकाहरूमा गायत्री थापा, उत्सव थापालगायत छन् । उनीहरूले इरानको अवस्था खराब बनेपछि भारत सरकारले उद्धारमा सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।

भारतले अपरेशन सिन्धुअन्तर्गत हालसम्म ३ हजार १ सय ५४ भारतीयको इरानबाट उद्धार गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.