सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने

काठमाडौं । सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ ।

काठमाडौंमा बिहिबार आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गत छुट्टै विभागको स्थापना गर्ने जानकारी दिनुभयो । 

देशभरका कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो धेरै संख्या लागुऔषध दुर्व्यसनी र कारोबार गर्नेहरू रहेको बताउनुभयो । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको बताउनुभयो ।

उहाँले सबै तहमा लागुऔषध विरूद्धको अभियानमा सचेतनामुलक कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.