जुम्ला । जुम्लाको पातारासी गाउँपालिका ४ स्थित ऋणमोक्ष मावि डिल्लीचौर प्रविधिमैत्री बनेको छ । अहिले त्यहाँ आइसिटीका माध्यमबाट पठनपाठन हुन्छ । त्यसैले यो विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढेको छ ।
विद्यालयमा अहिले वातावरण फरक छ । पहिले विद्यालय गए पनि शिक्षक नआएर पढाइ नहुने अनि कहिले अभिभावकले घरमै काममा लगाउँदा स्कुल जान नपाउने विद्यार्थी अचेेल रहर मानेर स्कुल जान्छन् । पहिलेभन्दा पढाइ निकै राम्रो छ । अभिभावकहरूको पनि आफ्ना छोराछोरीको पढाइप्रति चासो बढेको छ ।
शिक्षकहरू नियमित नजाने, विद्यार्थीले पढाइप्रति चासो नदिने र अभिभावक पनि जिम्मेवार नहुँदा यो विद्यालय पहिले पालिकाको कालोसूचीमा परेको थियो । तर अहिले विद्यालयका क्रियाकलाप निकै रचनात्मक छन् । नयाा प्रधानाध्यापक आएसँगै पठनपाठनमा क्रमिक सुधार भइरहेको हो । अब अभिभावक र विद्यालय व्यवस्थापन समिति मिलेर यो विद्यालयलाई जिल्लाकै नमुना बनाउने अभियानमा छन् ।
पहिले कक्षाकोठामै विद्यार्थीहरु गीत सुन्ने, गाउने, भिडियो बनाउने र टिकटक बनाएर पोष्ट्याउने गरिरहेका हुन्थे । हाफटाइममा त विद्यालयको खेलमैदान सुटिङस्थलजस्तै देखिन्थ्यो । अहिले विद्यार्थीलाई मोबाइल प्रतिबन्ध छ । कार्यालयसहितका १४ वटा कोठामा सीसी क्यामराको निगरानी छ ।
चालु शैक्षिक सत्रदेखि बाल विकासदेखि ५ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको छ । हरेक शुक्रबार विद्यार्थीहरू झोला नबोकी विद्यालय आउाछन् । पालिकाभित्रका सफल किसान, व्यवसायी, कर्मचारी, खेलाडी, डाक्टर, इन्जिनियरलगायतका पेशागत व्यक्तित्वसाग प्रत्यक्षरुपमा साक्षत्कार गर्न पाउने व्यवस्था मिलाइएको छ । अहिले क्रणमोक्ष माध्यमिक विद्यालय डिजिटल बनेको छ । विद्यालयले आइसीटीबाट शिक्षण गराइरहेको छ ।
पातारासीमा १६ वटा सामुदायिक विद्यालय छन । ती सबैमध्ये क्रणमोक्ष मावि अब्बल सावित भइसकेको छ । साढे ५ सयभन्दा बढि विद्यार्थी भएको विद्यालयमा विद्यार्थी थपिने क्रम बढेको छ । यो विद्यालय २०१७ सालमा स्थापना भएको थियो । २०५१ सालतिर समाजशास्त्री डोरबहादुर बिष्टले यो विद्यालयको भगिनीसम्बन्ध जापानको चिवामुतुक हाइस्कुलसाग गाासिदिनुभएको थियो । जुन अहिले पनि कायमै छ । जापानका शिक्षक विद्यार्थीहरू डिल्लीचौरमा हरेक वर्ष आएर स्वयमसेवा गरेर जान्छन् । जिल्लाकै पुरानो मध्यको एक यो विद्यालय अब आधुनिक प्रणर्ालीमा जान अग्रसर छ ।
विद्यालयले दिवाखाजाको मेनु बनाएको छ । स्थानीय उत्पादित खाद्य वस्तु मात्रै दिवाखानामा प्रयोग हुन्छ । शैक्षिक गुणस्तर खस्किएको आरोप झेलिरहेका सामुदायिक विद्यालयका लागि ऋणमोक्ष मावि प्रेरणा बनेको छ ।