ब्रिटिश गोर्खाहरूलाई गैरआवासीय नेपालीले पाउने नागरिकता दिन सकिने : देउवा

असार ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
ब्रिटिश गोर्खाहरूलाई गैरआवासीय नेपालीले पाउने नागरिकता दिन सकिने : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिश गोर्खाहरूलाई गैरआवासीय नागरिकले पाउने अधिकारसहितको नागरिकता दिन सकिने बताउनुभएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीको पुस्तक ‘सुगौली सन्धि र नेपालमा नागरिकता : व्रिटिश गोर्खा वंशजको नागरिकता निरन्तरता’ को सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री देउवाले ब्रिटिस गोर्खाहरुलाई गैरआवासीय नेपालीलाई दिइने अधिकारसहितको नागरिकता दिन सकिने बताउनुभएको हो । 

उहाँले नेपाली भएकाले नागरिकताको माग गर्नु स्वाभाविक भएको तर बेलायतको नागरिकता लिइसकेकाले नेपाली नागरिकता दिन नसकिने स्पष्ट पार्नुभयो ।

पुस्तकका लेखक वरिष्ठ अधिवक्ता ज्ञवालीले नागरिकता ऐन संशोधन विधेयकमा नेपाली नागरिकता निरन्तता रहने व्यवस्था समेटिएको बताउनुभयो ।

लेखक ज्ञवालीले पुस्तकमा सुगौली सन्धि हुँदै अहिले बेलायतमा बसोवास गर्दै आएका ब्रिटिश गोर्खाहरूका समस्या र उनीहरूले भोगिरहेका विषयलाई समेटिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.