Kantipur Samachar | कान्तिपुर समाचार, ७ असार २०८२

असार ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ७ असार २०८२

आजका मुख्य समाचार,

* झन्डै १० लाख खर्चेर तयार पारेको भैरहवा विमानस्थलको प्रतिवेदन अलपत्र बनाएर फेरि अध्ययन गर्ने लेखा समितिको तयारी / संयोजक फेरिएको बहानामा राज्यलाई दोहोरो भार ।

* बाढी र पहिरोले कालीगण्डकी कोरिडोर र बुटवल–नारायणगढ खण्ड अबरुद्ध / ५१ स्थानमा यातायात एकतर्फी / बीपी राजमार्गमा आजदेखि राति सवारी सञ्चालनमा रोक ।

* अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त बनाउन नसक्दा नेपाल जलवायु न्यायबाट बञ्चित / जलवायु क्षेत्रमा आवश्यक झन्डै ७४ अर्ब अमेरिकी डलरका लागि स्रोत अनिश्चित ।

* इजरायलको आक्रमणबाट ९ दिनभित्रै इरानमा ४ सयको मृत्यु, ३ हजारभन्दा बढी घाइते / आक्रमण जारी रहेसम्म आणविक कार्यक्रमबारे वार्ता नगर्ने तेहरानको अडान ।

* राष्ट्रिय नेकोस कप महिला भलिबलमा न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबको विजयी सुरुवात / विभागीय टोली एपीएफ ३ सेटमा पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.