काभ्रे । बनेपा नगरपालिका-७ गोदामचोक नजिक बनेपा–पनौती सडकखण्डमा सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । पनौतीतर्फ जाँदै गरेको बाप्र-०२-०२३प ६०२३ नम्बरको स्कुटरलाई बनेपातर्फ आउँदै गरेको ना४च ५९४५ नम्बरको पिकअपले ठक्कर दिँदा स्कुटर चालक ज्ञानध्वज तामाङको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि शिर मेमोरियल अस्पताल, बनेपा लगिएकामा दिउँसो २ बजे मृत घोषित गरिएको हो ।
दुर्घटनापछि पिकअप चालक फरार भएका छन् । पिकअपधनी धनुषाको जनकपुर उपमहानगरपालिका-१३ बस्ने अजेय यादव भएको खुलेको छ । हाल फरार रहेका चालकको खोजतलास जारी रहेको इलाका प्रहरी कार्यलय बनेपाले जनाएको छ ।