रास्वपाले मनायो पार्टी स्थापना दिवस

असार ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
रास्वपाले मनायो पार्टी स्थापना दिवस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थापना दिवस मनाएको छ । पार्टी स्थापना दिवसको अवसरमा रास्वपाले सभापति रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने भन्दै हस्ताक्षर संकलन सुरु गरेको छ । 

काठमाडौंको माइतीघरमा भेला भएका रास्वपाका नेता तथा कार्यकर्ताले हस्ताक्षर अभियान सुरु गरेका हुन् । रास्वपाका सांसदहरू आज माइतीघर मण्डलबाट हिँडेरै संघीय संसद्को बैठकमा सहभागी हुन नयाँ बानेश्वर पुगेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.