‘आदिवासी चलचित्रले बजार पाएनन्’

असार ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘आदिवासी चलचित्रले बजार पाएनन्’

काठमाडौं । आदिवासी जनजाति चलचिकर्मीहरूले नेपाली चलचित्र क्षेत्रमा आदिवासी कथा र भाषाका चलचित्रले बजार पाउन कठिन भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा आज आयोजित पाँचौं नेपाल आदिवासी चलचित्र महोत्सव २०८२ का अवसरमा आदिवासी चलचित्रकर्मीहरूले नेपाली चलचित्र क्षेत्रमा जनजाति समुदायलाई समेटेर पर्याप्त कथाहरू आउन नसकेको र त्यस्ता चलचित्रले बजार नपाएको बताएका हुन् । 

थारू, मगर, लिम्बू, तामाङ लगायत भाषामा निर्माण भएका चलचित्रले प्रदर्शनका लागि शो समेत नपाउने स्थिति रहेको उनीहरूको गुनासो छ ।

तर चलचित्र समीक्षकहरूले भने जनजाति भाषा र कथामा बनेका चलचित्र समेत अब्बल भइसकेकाले चलचित्र निर्माण गर्दा निर्देशकले ध्यान दिनुपर्ने बताए । यस्तै समाजशास्त्रीहरूले प्रतिस्पर्धा गर्न कठिन भए पनि चलचित्रकर्मी आफैंले प्रमाणित गर्नुपर्ने धारणा राखे ।

आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको पाँचौं आदिवासी जनजाति चलचित्र महोत्सव नेपाल चलचित्र विकास बोर्ड चाबहिलमा चलिरहेको छ, जहाँ आदिवासी जनजातिका भाषा र कथामा निर्माण भएका चलचित्र प्रदर्शन हुनुका साथै छलफल पनि भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.