नवलपरासी । पुर्व पश्चिम राजमार्गअन्तर्गत दुम्किबास दाउन्ने खण्डमा ठुला र भारी सवारी सञ्चालनमा रोक लगाइएको छ । दाउन्ने खण्डमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि सडक विभाग र प्रशासनले यस्तो निर्णय गरेको हो ।
निर्माणाधिन नारायणघाट-बुटवल सडकको दुम्कीबास स्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकोले नयाँ पुल सञ्चालनमा नआउँदासम्म मालबहाक सवारी सञ्चालनमा रोक लगाइएको पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भबिस्वर पाण्डेले बताउनुभयाे ।
दाउन्ने खण्डको केही स्थानहरूमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेको छ । आयोजनाले सुचना जस्री गर्दै यो सडक खण्डमा साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ ।
वैकल्पिक सडक प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।