ओलीको अध्यक्षतामा सुशासन आयोगको पहिलो बैठक सम्पन्न, उद्देश्य र कार्यक्षेत्रबारे छलफल

असार ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओलीको अध्यक्षतामा सुशासन आयोगको पहिलो बैठक सम्पन्न, उद्देश्य र कार्यक्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको छ । 

आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन चाँडै गरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने तय भएको छ ।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालगायत सहभागी हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.