राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

असार ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बनकाे निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई हालकै पदमा रहन दिन आदेश दिएको हो। अदालतले ‘निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न’ निर्देशन दिएको उच्च अदालत पाटनले जारी गरेकाे आदेशमा भनिएको छ।

प्रहरी प्रमुख पाण्डेमाथि मेयर बालेन शाहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको आरोप लागेपछि ७ बुँदे स्पष्टीकरण मागिएको थियो। पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाए पनि जेठ २० मा छानबिनका लागि उनलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो।

निलम्बनविरूद्ध पाण्डेले मंगलबार उच्च अदालत पाटनमा उत्प्रेषण रिट दायर गरेका थिए। अदालतको अन्तरिम आदेशले अब उनी हालकै पदमा काम गर्न सक्नेछन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.