विराटनगर । कोशी प्रदेश सरकारले साउन १५ भित्र गर्न लागेको 'कोशी विकास संवाद २०२५' का लागि सुझाव दिन सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
कोशी प्रदेश सरकारले बुधबार ललितपुरमा गरेको पूर्व-परामर्श वैठकमा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राथमिकता र एजेन्डासहितको सुझाव दिन आग्रह गर्नुभएको हो ।
आफूहरूले गर्ने संवादबाट अन्य प्रदेश तथा पालिकालाई समेत विकासका प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
विकास संवादको परामर्श वैठकमा नेपालका विकास साझेदार संस्थाका प्रतिनिधी, राजदुत तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधीले कोशीको विकासमा सहयोग गर्ने प्रतिवद्धता सहितका सुझावहरू दिएका थिए ।
कार्यक्रममा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष राजेन्द्र अधिकारीले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासनलगायतका क्षेत्रमा भएका सम्भावनालाई छलफलको मुल एजेण्डाका रूपमा प्रस्तुत गर्नुभएको थियो ।