अमेरिकाले नेपालमा एमसीसीलाई दियो निरन्तरता, पूर्ण कार्यान्वयन गर्न अनुमति

असार ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाले नेपालमा एमसीसीलाई दियो निरन्तरता, पूर्ण कार्यान्वयन गर्न अनुमति

काठमाडौं । अमेरिकाले एमसीसी परियोजनालाई निरन्तरता दिने भएको छ । अमेरिकी दूतावासले बुधबार प्रेस विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो ।

विज्ञप्तिकाअनुसार गत फेब्रुअरीमा ९० दिनका लागि स्थगन गरिएको एमसीसी अब पूर्ण कार्यान्वयन गर्न अनुमति दिइएको छ ।

एमसीसीअन्तर्गत ३ सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन तथा तीन वटा सबस्टेसन निर्माण गर्ने योजना छ । त्यस्तै सडकतर्फ पूर्व-पश्चिम राजमार्गको धानखोला-लमही ४० किलोमिटर लामो सडक खण्डको मर्मतसम्भार गर्ने योजना छ ।

हालैमात्र बसेको मन्त्रिपरिषद् बैठकले ४ सय केभी प्रसारणलाइन आयोजना निर्माणका लागि नवलपरासी अर्थात् वर्दघाट सुस्ता पश्चिम, सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा रहेको राष्ट्रिय वनको ४ दशमलव छ-छ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको बुधबार सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.