सार्वजनिक यातायात नचल्दा चितवनमा सर्वसाधारणलाई सास्ती

जेष्ठ १९, २०८२ |राजु चौधरी
सार्वजनिक यातायात नचल्दा चितवनमा सर्वसाधारणलाई सास्ती

चितवन । विभिन्न माग राखेर यातायात व्यवसायीहरूले यातायात बन्द गरेपछि चितवनमा सर्वसाधारणले सास्ती भोगेका छन ।

आज विहानैदेखि सार्वजनिक यातायात ठप्प भएपछि विद्यार्थी, बिहानै काममा जाने मानिसहरू मर्कामा परेका छन । केही नजिक दुरिमा जानेहरू हिडेरै गन्तव्य तर्फलागेका छन् । 

सदरमुकाम भरतपुर आउन हिडेका भन्डारा, पर्सा, टाडीका बस बिसौनीमा यात्रुहरू बस कुर्दै गरेको देखिन्छ । सार्वजनिक यातायात नचल्दा बस सुनसान जस्तै देखिन्छ ।

राइड सेयरिङ्को विरोध गर्दै यातायात व्यवसायीहरुले आजदेखी देशैभर सार्वजनिक यातायात बन्द गरेका हुन् ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।