'लिटिल बुद्ध' नामले परिचित रामबहादुर बम्जन दोस्रोपटक कारागार चलान

जेष्ठ १३, २०८२ |ओमप्रकाश ठाकुर
'लिटिल बुद्ध' नामले परिचित रामबहादुर बम्जन दोस्रोपटक कारागार चलान

सर्लाही । 'लिटिल बुद्ध' नामले परिचित रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई पुनः कारागार चलान गरिएको छ । 

बम्जनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा जिल्ला अदालत सर्लाहीले पुर्पक्षकालागि कारगार चलान गर्न आदेश दिएको हो । 

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिनुभयो । 

हिजो साँझ अदालतको आदेश बमोजिम बम्जनलाई राति नै सर्लाही सदरमुकाम मलंगवास्थित कारागारमा चलान गरिसकिएको प्रहरीले जनाएको छ । बम्जनमाथि गएको फागुन ५ गते अदालतमा सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता भएको थियो । 

यसअघि सर्लाही जिल्ला अदालतले उनीमाथी यौन दुराचार मुद्दामा २०८१ असार १० गते १० वर्ष कैद र पाँच लाख रूपैयाँ क्षतिपूर्तिको सजाय तोकेको थियो । उच्च अदालत जनकपुरले गएको चैत ६ गते सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई कारागारमुक्त गरेको थियो ।

 मुद्दा सुनुवाईको क्रममा विवादित धर्मगुरू बम्जनका अनुयायीहरू जिल्ला अदालत अगाडि भेला भएका थिए ।


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।