नवलपरासी । पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको दाउन्नेमा सडक भासिँदा यातायात अवरूद्ध भएको छ ।
वर्षाको कारण गएराती दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिए पछि यातायात अवरूद्ध भएको हो । खुर्सानी खोला नजिकमा सडक र कल्भर्ट निर्माण गर्न लागिएको ठाउँको डाइभर्सन पनि बगाएको छ ।
सडक अवरूद्ध भएपछि पुर्व तर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा सवारीको जाम लागेको छ । बुटवल नारायणगढ सडक विस्तारको क्रममा दाउन्नेमा पहाड काट्ने र कल्भर्ट निर्माण हुँदैछ ।
सामान्य वर्षामा पनि यो सडक खण्ड चिप्लो र पहिरोको कारण अवरूद्ध हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बञ्जाराले बताउनु भयो । अवरूद्ध सडक खुलाउने प्रयास भैरहेको छ ।