काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै हुनुहुन्छ । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान लाग्नुभएको हो ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँगसमेत भेटघाट हुने सम्भावना रहेको एमालेले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली आज साँझ बेइजिङ जाने छ ।
भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी हुने छन । चीनमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ। राष्ट्रपति सी चिनफिङसँग पनि भेटघाट हुने सम्भावना रहेको एमाले विदेश विभागले जनाएको छ ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको पूर्वउपाध्यक्षसमेत रहिसकेकाले पार्टीको समेत प्रतिनिधित्व गर्ने एमाले विदेश विभाग प्रमुख महासेठले बताउनुभयो ।
चीनमा रहँदा उद्योगमन्त्री दामोदर भण्डारी र एमाले विदेश विभाग प्रमुख महासेठले वक्ताको रूपमा एक-एक वटा कार्यक्रममा सहभागी हुनुहुने छ । पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ । यसअघि राष्ट्रपति हुँदा भण्डारीले चीन भ्रमण गर्नुभएको थियो ।