रामेछाप । रामेछापको मन्थली नगरपालिका–१२ गेलु सिक्रालमा खुकुरी प्रहार गरी ससुराले बुहारीको हत्या गरेका छन् । शुक्रबार साँझ आफ्नो बच्चा लिन घर आएकी बुहारी अन्दाजी वर्ष २८ कि पवित्रा बुढाथोकीलाई ससुरा ६१ वर्षका शम्भु बुढाथोकीले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
बुहारीको हत्यापछि ससुराले खिम्ती प्रहरी चौकीमा आत्मसमर्पण गरेको स्थानीय ध्रुव बुढाथोकीले जानकारी दिनुभयो । मृतक पवित्राका श्रीमान् खम्बबहादुर बुढाथोकीले गत साउनमा आत्महत्या गरेका थिए । स्थानीयका अनुसार छोराले आत्महत्या गरेपछि बुहारीको कारण छोरा मरेको भन्दै ससुराले आरोप लगाउँदै आएका थिए । पवित्राको ९ वर्षको छोरा ससुरासँगै बस्दे आएका थिए ।
घटनाबारे जानकारी पाएपछि आफूहरू घटनास्थलमा गइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।