सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहणका क्रममा एक जना विदेशी आरोहीको ज्यान गएको छ । हिजो बेलुका सगरमाथाको चौथो शिविर पुगेका फिलिपिन्सका ४५ वर्षीय आरोही सान्टियागोको गए राति करिब ८ बजे ज्यान गएको पर्यटन विभागले जनाएको छ ।
सान्टियागो थकित रूपमा चौथो शिविर पुगेका थिए । उनको शव चौथो शिविरमै रहेको र उद्धारको प्रयास भइरहेको विभागले विज्ञप्तिमा जनाएको छ ।