
काठमाडौं । सन् २०२२ को २४ फेब्रुअरीमा सुरू भएको रूस-युक्रेन युद्धको चार वर्ष पूरा भएको छ ।
अमेरिकी मध्यस्थतामा शान्तिका प्रयास जारी रहे पनि अहिलेसम्म सफल हुन सकेको छैन । यो अवधिमा दुवै मुलकका लाखौं मानिस मारिए पनि यकिन तथ्यांक सार्वजनिक भएको छैन । युद्धमा ५५ हजार युक्रेनी सैनिक मारिएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको दाबी छ भने साढे ३ लाख रूसी सैनिक मारिएको अनुमान रहेको बीबीसीले जनाएको छ ।
रूस-युक्रेन युद्धबाट नेपाली पनि प्रभावित भएका छन् । परराष्ट्र मन्त्रालय, कन्सुलर विभागका अनुसार रूसी सेनामा भर्ती भएकामध्ये १ सय १८ जना नेपालीले समेत ज्यान गुमाएका छन् भने २ सय १९ जना घाइते भएको तथ्यांक छ । यस्तै १ सय ३२ अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।