सल्यानमा निर्वाचनमा खटिने कर्माचारीलाई आजदेखि तालिम

फाल्गुन १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सल्यानमा निर्वाचनमा खटिने कर्माचारीलाई आजदेखि तालिम

सल्यान । जिल्लामा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृतहरूलाई मंगलबारदेखि तालिम दिन थालिएको छ ।

जिल्ला निर्वाचन कार्यालय सल्यानले निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई दुई चरणमा तालिम दिन लागेको हो। कार्यालयकाअनुसार सल्यानमा ४ सय ३० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन लागिएको हो। 

पहिलो दिन २ सय २० जनालाई तालिम दिइएको र दोस्रो दिन २ सय १० जनालाई तालिम दिइने जिल्ला निवार्चका कार्यालय सल्यानका प्रमुख धिरेन्द्र भण्डारीले बताउनु भयो। सल्यानमा १ सय १७ मतदान स्थल कायम गरिएको छ भने २ सय ५ मतदान केन्द्र रहेका छन। 

२ सय ५ मतदान केन्द्रको लागि ४ सय ३० जना मतदात अधिकृत र सहायक मतदान अधिकृत ताकिएको छ। उहाँकाअनुसार तालिम सम्पन्नपश्चात् मतदान अधिकृत र सहायक मतदान अधिकृत र कर्मचारीहरू आ-आफ्नो क्षेत्रमा खटिनेछन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.