हावाहुरीले झापाका किसानले लगाएकाे केराखेती नष्ट

वैशाख २९, २०८२ |रमा दाहाल
हावाहुरीले झापाका किसानले लगाएकाे केराखेती नष्ट

झापा । झापाकाे बाह्रदशी गाउँपालिका-७ बत्तीसबिघेका किसानले ३० बिघामा लगाएकाे केराखेती आइतबार साँझकाे हावाहुरीले नष्ट पारेकाे छ । १० वर्षदेखि व्यावसायिक केराखेतीमा संलग्न किसानले याे वर्षकाे हावाहुरीबाट ठूलाे नाेक्सानी बेहाेर्नुपरेकाे छ । 

साे गाउँका २२ परिवार किसान केराखेतीमा संलग्न छन् । बगानमा रहेका ७५ प्रतिशत केराका बाेट ढलेकाे स्थानीय किसान मिलन संग्राैलाले बताउनुभयाे । घैलाडुब्बा प्रहरीले ५१ लाख बराबरकाे क्षति भएकाे प्रारम्भिक अनुमान गरेकाे छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।