नेपाल साफ यु-१९ च्याम्पियनशिपको सेमिफाइनलमा

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल साफ यु-१९ च्याम्पियनशिपको सेमिफाइनलमा

काठमाडौं । श्रीलंकाविरुद्ध ५-० को जित हात पार्दै नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गोल्डेन जुब्ली रंगशालामा भएको खेलमा फराकिलो हार बेहोरेसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफमा १-० ले मात्र अघि रहेको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेपछि सहज जित हात पारेको थियो । नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गोल गरे ।

समूह ‘बी’बाट नेपालसँगै भारत पनि सेमिफाइनल पुगेको छ । अब मंगलबार नेपालले समूह विजेताका लागि भारतको सामना गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.