केआईआईटी प्रकरण : शोकमा डुबेका परिवारका सदस्य शव ल्याउन ओडिसा प्रस्थान

वैशाख १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
केआईआईटी प्रकरण : शोकमा डुबेका परिवारका सदस्य शव ल्याउन ओडिसा प्रस्थान

काठमाडौं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अध्ययनरत छोरी प्रिशा साह छात्रावासमा मृत फेला परेपछि घटनाबारे बुझ्न र शव ल्याउन परिवार त्यसतर्फ गएको छ ।

प्रिशा मृत फेलापरेको खबरले शोकमा डुबेका परिवारका सदस्य आज बिहान ओडिसा प्रस्थान गरेका हुन्। सर्लाहीको कबिलासी नगरपालिका-८ का श्यामप्रसाद साहकी छोरी प्रिशा गत वर्ष अध्ययनका लागी ओडिसा पुगेकी थिइन् । प्रिशा मृत फेला परेको खबरपछि बुवा श्याम, आमा पिन्की तथा भाई गौरव आज बिहान ओडिसा गएको परिवारका सदस्यले जनाएका छन् ।

हिजो मात्रै अभिभावकसँग फोनमा कुरा गरेकी प्रिशा परीक्षा सकेर प्रिशा मे १८ तारिखमा नेपाल फर्किने तयारी थियो । प्रिशा हिजो साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल-४’ को चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी थिइन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारीअनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।

गत फागुन ४ मा केआईआईटीको सोही छात्रावासमा रूपन्देहीकी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन्।

याे पनि :

केआईआईटीमा नेपाली विद्यार्थी मृत फेला परेको घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकारद्वारा आग्रह


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.