काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा बोईज युनियन क्लबले ब्रिगेड बोईज क्लबविरुद्ध रोमाञ्चक जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा बोइज युनियन ३-२ ले विजयी भयो ।
खेलको २९औं मिनेटमा बोइज युनियनका दोर्जे तामाङले ब्रेकथ्रु दिलाए। पहिलो हाफमा १-० ले पछि रहेको ब्रिगेड बोइजका लागि वैकल्पिक खेलाडी अविषेक राना मगरले गोल गर्ने अवसर खेर फाले ।
५६औं मिनेटमा अविषेकको प्रयास विपक्षी गोलरक्षक योञ्जन श्रेष्ठले रोकेका थिए । ६६औं मिनेटमा सुजित बुढथोकीको गोलमार्फत् बोइज युनियनले अग्रता दोब्बर पार्यो । ब्रिगेड बोईजको असफल फ्रिकिकलाई सुजितले नियन्त्रणमा लिँदै शानदार फिनिस गरे ।
७१औं मिनेटमा मिलन लिम्बूले डी बक्स भित्रबाट उत्कृष्ट भल्ली गोल गरेपछि बोइज युनियनले ३ गोलको अग्रता बनायो । खेलको अन्त्य तिर ब्रिगेड बोइजले आक्रमणलाई तिब्रता दिँदै पुनरागमनको प्रयास गर्यो ।
७९औं मिनेटमा ब्रिगेड बोइजका लागि रोमन श्रेष्ठले मध्य कोर्टबाट उत्कृष्ट ड्रिबल गर्दै बल अघि बढाए । रोमनले सोलो मुभमा डी बक्स बाहिरबाट शानदार गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा ब्रिगेड ब्वाइजले ३-२ को रोमाञ्चक जित हासिल गर्यो ।
यो जितसँगै ब्वाइज युनियन तालिकाको पाँचौं स्थानमा छ । उसले ९ खेलमा ४ जितसहित १५ अंक जोडेको छ । आठौं स्थानमा रहेको ब्रिगेड ब्वाइजको १२ अंक छ । आजको दोस्रो खेलमा श्री भगवतिले झापा फुटबल क्लबलाई २-० ले हराएको छ।