९ सय ४६ किलो गाँजासहित एक जना नियन्त्रणमा

वैशाख १५, २०८२ |विनोद घिमिरे
९ सय ४६ किलो गाँजासहित एक जना नियन्त्रणमा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । चौबिसे गाउँपालिकाको बोधेमा गाँजा लोड गरिरहेको सूचनाका आधारमा चेकजाँच गर्दा ३८ वटा पोकामा रहेको ९४६ किलो गाँजा फेला पारेको प्रहरीले जनाएको छ । 

ना५ख ६१५७ नम्बर ट्रकमा गाँजा लोड गर्दै गरेका चौबिसे- ५ बोधेका मनोज लिम्बूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फरार रहेका ट्रक चालकको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।