बर्दिया । चितुवाले आक्रमण गर्दा बर्दियामा ९ वर्षिया बालिकाको मृत्यु भएको छ । गुलरिया-८ डम्पिङ साइटस्थित सर्यु सामुदायिक वनमा आज बिहान चितुवाको आक्रमणमा परी गेरुवा गाउपालिका-६ कि मेलिना खड्काको मृत्यु भएको हो ।
चितुवा आक्रमणमा घाइते खड्काको जिल्ला अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले बताउनुभयो । बर्दियामा गत मंसीर यता चितुवाको आक्रमणमा तीन जनाको ज्यान गइसकेको छ ।
वनमा काकीसँगै घाँस, दाउरा गर्न जाँदा मेलिनालाई चितुवाले आक्रमण गरेको प्रहरीले बताएको छ ।